images
images
  • लुम्बिनी प्रदेशसभा बजेट अधिवेशन आजबाट सुरु, कोरोना नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षीको तयारी


    वुटवल । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ ।

    गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

    बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् ।

    बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।आजको बैठक शुरू भएपछि सत्ता बाहिर रहेका नेपाली कांग्रेस , माओबादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

    बहुमतको अवस्थामा नहुँदा पनि नेकपाका नेता पोखरेललाई प्रदेश प्रमुखले नियुक्ती गरेको भन्दै विपक्षीदलले यसको बिरोध गर्दै राजीनामा माग्ने बताएका छन् ।

    गएको बैशाख ६ गते विपक्षी ४ दलले अविश्वासको प्रस्ताव प्रदेशसभमा दर्ता गरेका थिए ।तरमुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै पदबाट राजीनामा दिएका थिए ।

    सोही दिन पोखरेलले बहुमत पुर्‍याएको दाबी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रदेश प्रमुखले त्यसको औचित्य नभएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएका थिए ।

    लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images