images
images
  • कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलले गर्यो आर्थिक सहयोग

    काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड(१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ ।

    काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटररआइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु। २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

    भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम ९जेठ १६ गते निधन भएको० र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौंका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिए ।

    भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ । यसअघि कोभिड–१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधावापत सहयोग प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images