images
images
  • जसपाको औपचारिक विभाजन: जसपाको दर्ता किताबबाट महन्थको नाम हटाउन निर्वाचन आयोगमा उपेन्द्रको पत्र


    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) आजबाट औपचारिक रूपमा विभाजन भएको छ ।

    जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।

    यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

    सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

    जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको कारवाहीको निर्णय गर्न लागेको छ ।

    jasapa 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images