काठमाडौँ । सरकार र थरुहट संघर्ष समितिबीच रेशम चौधरी, धनिराम चौधरी र लक्ष्मण चौधरीलाई रिहाइको ६ बूँदे सहमती भएको छ ।
थरुहट आन्दोलनको क्रममा टीकापुर घटनाको मुख्य आरोपित रेशम , धनिराम र लक्ष्मणलाई रिहाइको लागि पहल गर्ने सहमती भएको हो ।
कानून मन्त्रालयको तर्फबाट लिलानाथ श्रेष्ठको नेतृत्वमा राजन भट्टराई र भगवती चौधरीले थरुहट संघर्ष समितिसँग वार्ता गरेका थिए ।
वार्तामा संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरीको नेतृत्वमा प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी सहभागी थिए ।
वार्तापश्चात ६ बूँदे सहमती भएको छ । पहिलो बुँदामा टीकापुर घटनाका आरोपितलाई रिहा गर्न कानूनअनुसार पहल गर्ने उल्लेख छ ।
त्यस्तै थारु र थरुहट आन्दोलनमा शहिद भएका परिवारलाई राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने लगायत विगतका सहमती कार्यान्वयन गर्ने सहमती भएको छ ।
यस्तो छ सहमती पत्र
प्रतिक्रिया दिनुहोस्