images
images
  • श्रममन्त्री कुँवरलाई एक व्यक्तिसँग अनुचित ढंगले जोडेर दुष्प्रचार गरियो (बिज्ञप्तीसहित)

    काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शेरबहादुर कुँवरलाई एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति सचिवालयले गम्भिर ध्यानाकर्षण गराएको छ । मंगलबार मन्त्रीकी प्रेस रमा खड्काले एक विज्ञप्ति जारी गर्दैे ध्यानाकर्षण गराएकी हुन् ।

    विज्ञप्तिद्धारा केही सञ्चार माध्यमहरुमा मन्त्री र उक्त कार्यक्रमका सञ्चालक सुजन आचार्यको नाम जोडेर प्रकाशित समाचार प्रति कुनै सत्यता नभएको र त्यस्ता अनुचित कार्यको खेद व्यक्त गरेको छ ।

    मन्त्री कुँवरलाई सुजन आचार्यको नाम जोडेर प्रकाशित समाचार प्रति कुनै सत्यता नभएको सचिवालयलले बताएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीज्यू मिति २०७९ भाद्र १९ गते एभरेष्ट स्पिङ्र वाटर कम्पनीको निमन्त्रणमा दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा आयोजित एभरेष्ट स्पिङ्र वाटर ओपनिङ् कार्यक्रमको उद्घाटनका लागि जानु भएको हो । उक्त दिन एभरेष्ट स्पिङ्र वाटर का सञ्चालक सुजन आचार्यको जन्मदिन पनि रहेछ, जुन कुराको पूर्वसूचना थिएन । संस्थाको कार्यक्रममा सरिक भएपछि सोही संस्थाको सञ्चालकको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मात्रै उहाँ त्यसमा औपचारिकताका लागि सरिक हुनुपरेको हो । सोही विषयलाई लिएर केही सञ्चार माध्यामहरुमा मन्त्रीज्यू र उक्त कार्यक्रमका सञ्चालक सुजन आचार्यको नाम जोडेर प्रकाशित समाचार प्रति कुनै सत्यता नभएको र त्यस्ता अनुचित कार्यको खेद व्यक्त गर्देै, मन्त्रीज्यूको ती व्यक्तिसँग कुनै पनि व्यक्तिगत सम्बन्ध र उहाँको विगतका क्रियाकलाप वा पृष्ठभूमि बारे समेत केही जानकारी नरहेको अवगत गराइन्छ ।’

    हेर्नुस सचिवालयद्धारा जारी  विज्ञप्ति :

    bigyepti scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images