images
images
  • प्रारम्भिक मत गणना डेमोक्र्याटको पक्षमा दुवै सदनमा बहुमतको सम्भावना

    काठमाडौं – अमेरिकामा प्रतिनिधि सभा र सिनेटका लागि मतदान लगभग सकिएको छ । प्रारम्भिक मतगणनामा डेमोक्र्याटले अग्रता लिएको छ । प्रारम्भिक नतिजालाई आधार मान्दा दुवै सदनमा डेमोक्र्याट हरूले बहुमत पाउने करिब पक्का झैँ देखिएको छ ।

    प्रतिनिधि सभामा डेमोक्र्याटले ३२ स्थानमा जित हात पारेका छन् भने ९० स्थानमा अग्रता लिएका छन् । रिपब्लिकले १३ स्थानमा जित हात पारेका छन् भने ७२ स्थानमा अग्रता लिएका छन् । सिनेटमा पनि डेमोक्र्याटको पकड रहने पक्का भई सकेको छ । जर्जियामा डमोक्र्याटका जोन आसुफले सफलता पाएका छन् ।

    सिबिसी न्युजले भर्जिनियामा डेमोेक्र्याटका मार्क वानर सिनेटर बन्दै छन् । सिएएनले गरेको एक सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी अर्थतन्त्रबाट असन्तुष्ट छन् । ३० वर्ष देखि डेमोक्र्याटले सफलता नपाएको टेक्ससमा यस पटक जेम्स टालासिको कडा प्रतिस्पर्धामा छन् । मिचिगनमा अब्दुल अल सायद चर्चामा छन् ।

    विगतमा रिपब्लिकको पकड रहेको धेरै राज्यहरूमा डेमोक्र्याट कडा प्रतिस्पर्धामा छ । साउथ क्यारोलिना, फ्लोरिडा र कानासमा तीव्र प्रतिस्पर्धा छ । ओहियोमा डेमेक्र्याट उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नितको असर उनको आफ्नै राज्य फ्लोरिडामा देखिएको छ । विगत देखि नै रिपब्लिकको आधार बनेको सो राज्यमा हिस्पानिक मतदातालाई फकाउँदै डेमोक्र्याटले अग्रता लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images