काठमाडौं– विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।
४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।
उनको २ सातादेखि अस्पतालमा उपचार भइरहेको थियो । गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार अपराह्न निधन भएको हो ।
करिब एक दशकदेखि राजनीतिमा संलग्न थापा युवामाझ निकै लोकप्रिय नेता थिए । देश विदेशबाट लाखौंले उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















