images
images
  • सुदूरपश्चिम सरकार र विश्वविद्यालयबीच शैक्षिक विकासमा सहकार्य गर्ने सहमति

    काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच प्रदेशको शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि प्रभावकारी समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्टबीच प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको हो ।

    विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार भेटमा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विभिन्न विषयमा छलफल भएको थियो ।

    प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, शैक्षिक, प्रशासनिक तथा संस्थागत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै, प्रदेशको समग्र विकासमा विश्वविद्यालयसँग रहेको ज्ञान, दक्ष जनशक्ति तथा अनुसन्धान क्षमताको उपयोग गर्ने विषयमा समेत छलफल भएको छ ।

    प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकासलगायत साझा क्षेत्रमा सहकार्यका सम्भावना विस्तार गर्ने सहमति भएको सूचना अधिकारी बमले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images