images
images
  • रास्वपा सरकारले सिफारिस गरेका १३ राजदूत को हुन् ? के हो उनीहरूको पृष्ठभूमि ?

    काठमाडौं– सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको हो ।

    सिफारिस भएकाहरूमा परराष्ट्र तथा रणनीतिक मामिला, सुरक्षा, अर्थतन्त्र, सूचना प्रविधि, विकास, आप्रवासन, शिक्षा र जलवायु क्षेत्रका विज्ञहरू छन् ।

    राजदूत र उनीहरूको मुख्य पृष्ठभूमि :

    भारत– डा. निश्चलनाथ पाण्डे: वैदेशिक नीति तथा दक्षिण एसिया मामिलाका प्राज्ञिक विज्ञ । सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक ।

    चीन– डा. कल्याणराज शर्मा: नेपाल–चीन सम्बन्ध, अर्थशास्त्र तथा व्यापार विज्ञ । फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि ।

    अमेरिका– चिरनजंग थापा: राष्ट्रिय सुरक्षा, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ । अक्सफामका एसिया क्षेत्रीय सुरक्षा सल्लाहकार ।

    बेलायत– पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: नेपाली सेनाका पूर्व प्रधानसेनापति तथा रणनीतिक मामिला विज्ञ ।

    जापान– जिग्यान कुमार थापा: नेपाल–जापान सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य तथा सार्वजनिक नीतिमा लामो अनुभव ।

    इजरायल– सुरेशकुमार कर्ण: सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका अनुभवी व्यक्ति । क्यान महासंघका पूर्व अध्यक्ष ।

    स्पेन– प्राप्ति शेरचन: अन्तर्राष्ट्रिय विकास, लैंगिक समानता तथा वित्तीय समावेशीकरण क्षेत्रमा अनुभव। विश्व बैंक समूहअन्तर्गतको IFC मा कार्यरत ।

    जर्मनी– शारू जोशी: वैदेशिक रोजगार, आप्रवासन सुशासन तथा लैंगिक समानता विज्ञ । संयुक्त राष्ट्रसंघीय संस्थामा लामो अनुभव ।

    ओमान– डा. पद्माक्षी राणा: दिगो विकास, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्य क्षेत्रकी विज्ञ । इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक ।

    मलेसिया– चूडामणि खरेल: शिक्षा, मानविकी, कानून तथा सार्वजनिक प्रशासनको पृष्ठभूमि । विभिन्न खेलकुद संस्थामा नेतृत्वदायी भूमिका ।

    दक्षिण कोरिया– प्रा. डा. सङ्गम श्रेष्ठ: जलवायु उत्थानशीलता, जलसुरक्षा तथा अन्तर्राष्ट्रिय सहकार्यका प्राज्ञिक विज्ञ। एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक ।

    श्रीलंका– डा. मंचला झा: सुशासन, सार्वजनिक नीति तथा संक्रमणकालीन न्याय विज्ञ । सत्य निरूपण तथा मेलमिलाप आयोगकी पूर्व आयुक्त ।

    साउदी अरेबिया– गिरीबहादुर सुनार: सामाजिक समावेशीकरण, लैंगिक समानता तथा विकास नीतिका विज्ञ । विश्व बैंक र एसियाली विकास बैंकका परियोजनामा अनुभव ।

    अब प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।

    सुनुवाइपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएमा राष्ट्रपतिले उनीहरूलाई राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images