images
images
  • सामसङको दसैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने

    काठमाडौं – सामसङ नेपालले दसैं–तिहारको अवसर पारेर आफ्ना टेलिभिजन तथा घरायसी विद्युतीय उपकरणमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ योजना सार्वजनिक गरेको छ ।

    योजनाअन्तर्गत सामसङका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा एसी खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक भाग्यशाली छनोटमा सहभागी भई विभिन्न उपहार तथा थप नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    यो योजना २० सेप्टेम्बर २०२६ देखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ ।

    योजनाको अवधिमा सामसङको टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले सामान दर्ता गरी भाग्यशाली छनोटमा सहभागी हुन सक्नेछन् ।

    दैनिक रूपमा ३१ जना विजेता छनोट गरिने कम्पनीले जनाएको छ । दैनिक विजेताले सामसङको ९ केजी क्षमताको अगाडिबाट खोलिने वासिङ मेसिन वा ५५ इन्चको उच्च गुणस्तरको टेलिभिजनमध्ये एउटा उपहार जित्ने अवसर पाउनेछन् ।

    यस्तै, साप्ताहिक रूपमा ८ जना विजेताले सामसङको एसी जित्ने अवसर पाउनेछन् ।

    भाग्यशाली छनोटमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको क्रमाङ्क प्रयोग गर्नुपर्नेछ । त्यसका लागि ‘सामसङ स्पेस १४ अंकको क्रमाङ्क’ लेखेर ३७२७३ मा सन्देश पठाउनुपर्नेछ। सन्देश पठाएपछि ग्राहकले तत्कालै सन्देशमार्फत दर्ता भएको जानकारी प्राप्त गर्नेछन् ।

    विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ। विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको सामाजिक सञ्जाल पृष्ठमा समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

    योजनाअन्तर्गत भाग्यशाली छनोटसँगै छनोट गरिएका सामसङ टेलिभिजन तथा घरायसी उपकरणमा थप नगद छुट र अन्य उपहारसमेत उपलब्ध हुनेछन् ।

    टेलिभिजन खरिदमा २६ प्रतिशतसम्म नगद छुट, निःशुल्क साउन्डबार तथा छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।

    रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म नगद छुट र ५ हजार रुपैयाँसम्म पुरानो सामान साट्दा थप रकम उपलब्ध हुनेछ ।

    वासिङ मेसिनमा १८ प्रतिशतसम्म नगद छुट, ३ हजार रुपैयाँसम्म पुरानो सामान साट्दा थप रकम तथा छनोट गरिएका मोडलमा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    यसैगरी, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले १२ महिना वा २४ महिनाको समान मासिक किस्ता योजनामा उपकरण खरिद गर्न सक्नेछन् ।

    पुराना घरायसी उपकरण साटेर नयाँ सामसङ उपकरण खरिद गर्न चाहने ग्राहकले अर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ बिक्री केन्द्रमार्फत उपकरण साट्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images