काठमाडौं– प्रोपर्टी विजार्ड लिमिटेड, धितोपत्र दलाल नम्बर ६७ ले आफ्ना ग्राहकलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
कम्पनीको शनिबार काठमाडौंमा सम्पन्न चौथो वार्षिक साधारणसभाले ग्राहकलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चुक्ता पुँजीभन्दा बढी कर्जा लिएर आवश्यक तयारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ । साथै शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
अध्यक्ष उद्धव शिवाकोटीको अध्यक्षतामा सम्पन्न सभाले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्वतन्त्र सञ्चालकमा प्राध्यापक ज्ञानमणि अधिकारीलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















