काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गते शुक्रबार दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको बोनस शेयरका आधारमा शेयरमूल्य समायोजन गरिएको हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ५ गते बुकक्लोज गर्दैछन् ।
नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत बोनस शेयर र नेपाल ल्यूब आयलको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजनपछि ग्लोबल आइएमई बैंकको शेयरमूल्य २५० रुपैयाँ ८७ पैसा कायम भएको छ । त्यस्तै, नेपाल ल्यूब आयलको समायोजित शेयरमूल्य २४१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
बुकक्लोजअघिको अन्तिम कारोबार दिन ग्लोबल आइएमई बैंकको शेयर प्रतिकित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूब आयलको २७७ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।
अब दोस्रो बजारमा यी दुवै कम्पनीको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।


विश्व खबर 



















