काठमाडौं– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयका अनुसार भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।
भदौ मसान्तसम्मको संकलनसँगै वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको ८८१४.५२ प्रतिशत८८ पूरा गरेको छ ।
भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालका अनुसार पछिल्लो एक महिनामा लक्ष्यको करिब शतप्रतिशत राजस्व संकलन भएको हो ।
मूल्य तथा राजस्व योगदानका आधारमा वीरगन्ज नाकाबाट बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तुका रूपमा रहेका छन् ।
वीरगन्ज भन्सार कार्यालय मुलुकका प्रमुख भन्सार नाकामध्ये एक हो । भारतसँगको व्यापारका लागि महत्वपूर्ण मानिने यस नाकाबाट ठूलो परिमाणमा विभिन्न वस्तु आयात हुँदै आएको छ ।


विश्व खबर 



















