images
images
  • नाडाद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण, उद्धार कोषमा १० लाख सहयोग

    काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

    भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री जिल्ला समन्वय समिति नुवाकोटलाई हस्तान्तरण गरिएको हो ।

    नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

    यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो ।

    नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images