images
images
  • अमेरिकी डलर २ रुपैयाँभन्दा बढी महँगियो, बिक्रीदर १५३.७० रुपैयाँ (सूचीसहित)

    काठमाडौं– नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्य पछिल्लो एक सातामा दुई रुपैयाँ भन्दा बढीले महँगिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर आज १५३ रुपैयाँ ७० पैसा पुगेको छ ।

    सेप्टेम्बर ४ मा एक अमेरिकी डलरको बिक्रीदर रु. १५१.४८ रहेकोमा सेप्टेम्बर १९ मा आइपुग्दा रु. १५३.७० पुगेको हो । यस अवधिमा डलर रु. २.२२ ले महँगिएको, अर्थात् करिब १.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

    यद्यपि, पछिल्लो एक दिनमा भने डलरको मूल्य सामान्य घटेको छ । सेप्टेम्बर १८ मा डलरको बिक्रीदर रु. १५३.८० रहेकामा सेप्टेम्बर १९ मा १० पैसा घटेर रु. १५३.७० कायम भएको हो । यसअघि सेप्टेम्बर १६ र १७ मा बिक्रीदर रु. १५३.८४ पुगेको थियो ।

    नेपाल राष्ट्र बैंकले १९ सेप्टेम्बरका लागि अमेरिकी डलरको खरिददर रु. १५३.१० र बिक्रीदर रु. १५३.७० तोकेको छ । राष्ट्र बैंकले नै प्रकाशित गरेको दरअनुसार बैंक तथा अन्य कारोबारमा प्रयोग हुने खुला बजार विनिमयदर फरक हुन सक्ने जनाएको छ ।

    अरु विनिमय दरको अवस्था कस्तो छ ? हेर्नुहोस् तलको तालिकामा–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 153.10 153.70
    EUR European Euro 1 175.83 176.52
    GBP UK Pound Sterling 1 204.69 205.50
    CHF Swiss Franc 1 185.65 186.38
    AUD Australian Dollar 1 109.08 109.51
    CAD Canadian Dollar 1 109.37 109.80
    SGD Singapore Dollar 1 119.85 120.32
    JPY Japanese Yen 10 9.70 9.73
    CNY Chinese Yuan 1 22.86 22.95
    SAR Saudi Arabian Riyal 1 40.76 40.92
    QAR Qatari Riyal 1 41.99 42.16
    THB Thai Baht 1 4.59 4.61
    AED UAE Dirham 1 41.69 41.85
    MYR Malaysian Ringgit 1 37.52 37.67
    KRW South Korean Won 100 11.04 11.09
    SEK Swedish Kroner 1 15.59 15.65
    DKK Danish Kroner 1 23.52 23.61
    HKD Hong Kong Dollar 1 19.51 19.59
    KWD Kuwaity Dinar 1 498.13 500.08
    BHD Bahrain Dinar 1 406.11 407.70
    OMR Omani Rial 1 397.66 399.22

    प्रतिक्रिया दिनुहोस्
    images
    images