images
images
  • एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज हुने

    काठमाडौं– एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ ।

    बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

    साझेदारीअन्तर्गत नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहज हुने गरी एनसेलले मोबाइल सेवा तथा दूरसञ्चार पहुँच उपलब्ध गराउनेछ ।

    नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ ।

    कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्ताले एनसेलको देशव्यापी सञ्जाल र नाटोको पर्यटन क्षेत्रमा रहेको पहुँचलाई उपयोग गर्दै पर्यटकको यात्रा अनुभव सहज बनाउन सहकार्य गरिएको बताए ।

    उनका अनुसार सहकार्यले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्न तथा नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल उद्देश्य मानिस, संस्कृति र अनुभवलाई जोड्नु रहेको भन्दै नेपाल आउने पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहयोग पुग्ने गरी एनसेलसँग सहकार्य गरिएको बताए ।

    दूरसञ्चार सेवासँगै एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने भएको ।

    यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिने जनाइएको छ। यस पहलले राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकसँगै स्थानीय समुदायको सुविधासमेत बढाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images