images
images
  • ओली राख्ने बादलको प्रतिवेदन सर्वमान्य, एमाले नेतृत्व परिवर्तनको मुद्दा रफादफा

    काठमाडौं– नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उठेको नेतृत्व परिवर्तनको बहस कार्यदलको प्रतिवेदनबाट हटाइएको छ ।

    कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले महासचिव शंकर पोखरेलको प्रतिवेदन मर्ज गर्दै नेतृत्व परिवर्तनको विषय अनुसूचीमा मात्रै राख्ने निर्णय गरेका छन् ।

    पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेतृत्वलाई सम्मानपूर्वक बिदा गर्नुपर्ने र निर्वाचनमा धक्काको मुख्य कारण नेतृत्व नै रहेको सुझाव समेटिएको थियो ।

    तर बादलले नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा नराखी अनुसूचीमा मात्रै राख्ने अडान लिएका छन् ।

    ओली पक्षका नेताहरू बादल, महेश बस्नेत, पदमा अर्याललगायतले प्रतिवेदन रोक्न सक्रिय भूमिका खेलेका छन् ।

    प्रतिवेदन विवादका कारण आइतबारको सचिवालय बैठक स्थगित भएको छ ।

    उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले नेतृत्व पुनर्गठनको प्रस्ताव राख्नुपर्ने मत राखे पनि ओली समूहले त्यसलाई प्रतिवेदनमा नसमेट्ने अडान लिएको छ ।

    बादलले दुई छुट्टै प्रतिवेदन पेश गर्न नमानेपछि विवाद चर्किएको हो ।

    अब मर्ज गरिएको एउटै प्रतिवेदन तयार भएपछि चाँडै सचिवालय बैठक बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

    नेतृत्व परिवर्तनको विषय अनुसूचीमा समावेश भएकाले केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने धारणा केही नेताहरूले राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images