images
images
  • कांग्रेस वडा अधिवेशन : प्रतिनिधि छनोटका लागि नेता–कार्यकर्ताबीच भारी प्रतिस्पर्धा

    विराटनगर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ ।

    पालिकादेखि केन्द्रीय समितिसम्म चुनिन क्षेत्रीय प्रतिनिधि अनिवार्य भएपछि प्रतिनिधि छनोटमा नेता–कार्यकर्ताबीच रस्साकस्सी बढेको छ ।

    विराटनगर महानगरका सचिव तेजेन्द्र भट्टराईका अनुसार २० वडामध्ये केहीमा अधिवेशन सकिएर पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनोट भइसकेका छन् ।

    बेलुकासम्म सबै वडाको अधिवेशन सकिने उनले बताए ।

    कोशी उपसभापति रमेशजंग रायमाझीका अनुसार हिजोसम्म २९ सय वडाको अधिवेशन सम्पन्न भएको छ भने आज थप ३ हजार हाराहारी वडामा अधिवेशन हुँदैछ ।

    देउवा–शेखर पक्षका केही नेता भने ‘कुलिङ पिरियड’ भन्दै अधिवेशनमा सहभागी भएका छैनन् ।

    विधानअनुसार १५० क्रियाशील सदस्य भएको वडाबाट २३ जना क्षेत्रीय प्रतिनिधि छनोट हुन्छन् ।

    क्रियाशील सदस्य संख्या बढ्दै जाँदा प्रतिनिधि संख्या पनि थपिन्छ ।

    यसरी छनोट भएका प्रतिनिधिले पालिका, जिल्ला, प्रदेश र महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images