काठमाडौँ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले संसद विघटन सम्बन्धी मुद्दाका लागि गठित संवैधानिक इजलास नछोड्ने भएका छन् ।
मंगलबारको सुनुवाईको क्रममा न्यायाधीश श्रेष्ठ र केसीले इजलास नछोड्ने आफ्नो निर्णय सुनाएका हुन् ।त्यसपछि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले फरक मत राखेका छन् । उनीहरुले इजलासबाट बाहिरिने घोषणा गरे ।
आफ्नो निर्णय सुनाउँदै न्यायाधीशहरु कार्की र भट्टराईले भने, ‘गएको फागुन २३ गतेको फैसलाको उपउत्पादन अहिले रिट हो । सार्थक सम्बन्ध र तात्विक सरोकार छैन भन्न सकिएन । हामीले उहाँहरुको नियत र गरिमाप्रति प्रश्न उठाउन चाहेका छैनौँ । न्यायीक निष्पक्षता र पवित्रता जोगाउन इजलासबाट अलग भएको घोषणा गर्छौँ । विवेक सम्वत रुपमा इजलास गठन भएमा यो मुद्दाको सुनुवाईका लागि हामी पछि हट्दैनौँ ।’
जवाफमा प्रधानन्यायाधीश जबराले मुद्दाको पेशी जेठ २३ गतेलाई तोकिएको र अब रोस्टरबाट इजलास तोक्ने जानकारी गराए । उनले त्यो बेला दुवै पक्षलाई विवाद नगर्न पनि भनेका छन् ।
दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका थिए ।
शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने तेजबहादुर केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्