images
images
  • एमाले स्थायी कमिटि बैठक बालुवाटारमा जारी


    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । निर्धारित बिहान ११ बजे भन्दा झण्डै दुई घण्टा ढिला गरि बैठक बसेको हो ।

    आइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो । सोमबार पनि स्थगित भएको बैठक मंगलबारका लागि सारिएको हो ।

    बैठकमा पार्टीको आन्तरिक गतिविधि, राष्ट्रिय राजनीतिकसहितका विषयमा छलफल हुने परराष्ट्र मन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने थप १२ जना नेतालाई कारवाही, बजेटसहितका विषयमा पनि छलफल हुँदै गरेको जनाइएको छ ।

    पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि नै माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरादेवी जैरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिसकेका छन् ।

    यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण माग गरि पत्र पठाइएको छ । तर उनीहरुले अहिलेसम्म जवाफ दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images