images
images
  • प्रतिनिधि सभा विघटनः संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता


    काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुरानै न्यायाधीशहरूलाई निरन्तरता दिएका छन्।

    विपक्षी तर्फका वकिलले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउनुपर्ने माग राखेपछि दुई दिन प्रभावित भएको सुनुवाईलाई मंगलबार निरन्तरता दिइने भएको छ।

    वकिलको मागअनुसार नभई प्रधानन्यायाधीश राणाले पुरानैलाई निरन्तरता दिएपछि सुनुवाई प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

    नेपाल बारका प्रतिनिधिले इजलाशमा न्यायाधीश फेर्नका लागि प्रधानन्यायाधीश राणालाई भेटेरै अनुरोध गर्ने भएका छन्। संवैधानिक इजलाशले चाँडो भन्दा चाँडो उक्त मुद्दामा फैसला सुनाउने तयारी समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images