• बजेट प्रतिक्रियाः रिमालको प्रश्न – बजेट राम्रो भए विरोध किन ? नो खोप–नो भोट अभियानको प्रचारवाजी गर्ने ?

    बजेट कार्यान्वयन हुन सक्दैन भन्नेहरुलाई विष्णु रिमालको प्रश्न – बजेट राम्रो छ भने बिरोध किन ? विश्वखबर काठमाडौं, जेठ १६ गते । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिकपछि पनि यसमाथी विभिन्न टिका–टिप्पणीहरु भइरहेका छन् । बजेट आम जनताले रुचाएको र लोकप्रिय बजेट आएको सरोकारवालाहरुले बताएका छन् तर बजेट राम्रो भएर के गर्ने लागू हुँदैन भनेर टिप्पणी गर्ने टिप्पणीकारहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यस्ता टिप्पणीकारहरु संशय खडा गर्न प्रयासरत भएको बताएका छन् । यस वर्ष अध्यादेशमार्फत बजेट आयो तर संविधानले यसलाई निरुत्साहित गरेको थियो । प्रतिनिधिसभा पनि विघटित अवस्थामा भएको बेला पनि राम्रो बजेट आउँदा सत्य कुरा बोल्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । राम्रो जति सकैको हकदार अहिले विरोध गर्नेहरुको मात्रै हुनुपर्छ, यसकारण मन नपर्ने मान्छेको सास पनि गनाउँछ भने झैं बाई वर्थ, डेमोक्र्याट् र जन्मजात क्रान्तीकारीहरुले प्रधानमन्त्रीका सल्लाहकार, योजनाकार र विज्ञहरुमाथी गरेको टिप्पणी संशय प्रकट गर्ने खालको भएको बताएका छन् । उनले संसदको देल ठाने जस्तै अहिलेको बजेटलाई पनि असफल बनाउन खेल खेलिरहनुभएको होला भनेर प्रश्न गरेका छन् । अहिले कोरोना महामारीको समयमा खोप किन्न २६ अर्ब ७५ करोड र कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड छुट्याइएको छ । के यो कार्यान्वयन नहुने, वा हुन नहुने वा हुन गाह्रो काम हो र ? रिमालले प्रश्न गरेका छन् । रिमालले गर्नपर्ने र गर्न सकिने धेरै बिषय ठीक तरीकाले यस बजेटले बोकेको दाबी गरे । सिक्टा सिचाईदेखि सुनकोशी मरिन डाइभर्सनसम्मका सिंचाईका कामहरु निरन्तर जारी हुनु, तामाकोशीदेखि निर्माणाधिन विभिन्न जलविद्युत परियोजनामा विनोजन गर्दै आएको बजेटले निरन्तरता पाउनु, पूर्वरपश्चिम होस् कि उत्तररदक्षिण राजमार्ग, मध्यपहाडी होस् कि मदन भण्डारी वा हुलाकी राजमार्ग र कोरिडोर सडकहरु, अबको अबधिमा निर्माण कार्य सकिने अवस्थामा पुग्नु एकदम सहि भएको बताएका छन् । रिमालले बजेटबारे नकरात्मक मात्रै टिप्पणी गर्नेहरुले कुनै शक्ति वा व्यक्तिको विरुद्ध तथ्य भएन भने एउटा “सिद्धान्त” “षड्यन्त्रको सिद्धान्त–कन्सिपिरेसी थेरी”अघि सार्ने गरेको बताएका छन् । सबै तथ्य बेकार भएपछि जित्नका लागि वामपंथ वा दक्षिणपंथ दुबै कोणका कठमुल्लावादीहरु ‘कन्सिपिरेसी थेरी’को सहारा लिन्छन् उनले आक्रोश पोखे ।

    प्रतिक्रिया दिनुहोस्