नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि आज भइरहेको मतदानलाई बहिष्कार गरेका छन्।
बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्मलाई तोकिएको मतदानमा आफू सहभागी नहुने मेयर डा. राणाले प्रष्ट पारे।
उनले भने, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’
मेयर डा। राणा राप्रपाका नेता हुन्। उनले भने, ‘एमाले, माओवादी र कांग्रेसको लडाईमा हामीलाई केही स्वाद छैन। केन्द्रको पनि कुनै सर्लुकर छैन।’
निर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेका बीचमा चुनावी प्रतिस्पर्धा रहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















