images
images
  • आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं- देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद्ले बताएका छन् । जसका कारण आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ ।

    राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बिहीबार बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र वाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images