images
images
  • लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

    लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उहाँको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images