images
images
  • ओली हटाउने मुद्दाबाट पछि हट्यो विष्णु–शंकर समूह

    काठमाडौं– नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तीन नेताले तयार गरेका छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन सचिवालयमा पठाउने निर्णय गरेको छ ।

    रामबहादुर थापा, शंकर पोखरेल र प्रदीप ज्ञवालीले तयार गरेका प्रतिवेदनलाई समेटेर साझा दस्तावेज बनाइने भएको हो ।

    कार्यदलले नेतृत्व पुनर्गठनसम्बन्धी विषय भने प्रतिवेदनमा समावेश नगर्ने जनाएको छ ।

    सचिव पद्मा अर्यालका अनुसार कार्यदलले संयोजकको मस्यौदामा आवश्यक परिमार्जन गरी साझा प्रतिवेदन पार्टीलाई बुझाउनेछ ।

    बाँकी निर्णय सचिवालयले गर्नेछ ।

    यस्तै, कार्यदलले राष्ट्रिय परिषद्को बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

    एमाले सचिवालय बैठक आज दिउँसो बस्ने र त्यसले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images