images
images
  • वनमन्त्री आलेद्वारा सल्लाहकारकी पत्नीलाई कार्यकारी निर्देशक नियुक्ति

    काठमाडौँ । वन मन्त्री प्रेमबहादुर आलेले आफ्ना विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएका छन्।

    मन्त्री आलेले शाहीलाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेका हुन्। समितिमा अध्यक्षसहित ३ सदस्य रहने प्रावधान छ। समितिमा कार्यकारी निर्देशक पद सर्वेसर्वा मानिन्छ।

    विषय विज्ञलाई नियुक्त गर्नुपर्ने ठाउँमा मन्त्री आलेले ठाडो आदेशमा एमाले कार्यकर्तालाई नियुक्त गरेको भन्दै आलोचना सुरु भएको छ। मन्त्री नियुक्त भएलगत्तै आलेले कैलालीका बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए।

    विगतमा पर्यटन मन्त्रालयमातहत रहेको राष्ट्रिय ताल विकास समितिलाई केही समयअघि वन मन्त्रालयअन्तर्गत ल्याइएको थियो । आलेले समितिको अध्यक्षमा सिन्धुपाल्चोकका ध्रुब शाहीलाई नियुक्त गरेका छन् ।

    मन्त्री आलेले काठमाडौंकी दीपा दाहाललाई वन पैदावार विकास समितिको कार्यकारी अध्यक्ष बनाएका छन् । समितिअन्तर्गत झापामा रतुवामाई वृक्ष सुधार आयोजना तथा सर्लाही र रौतहटमा सागरनाथ वन परियोजना सञ्चालनमा छ ।

    मन्त्रालय स्रोतका अनुसार आलेले ठाडो आदेशमा पार्टी निकटका व्यक्तिहरूलाई नियुक्ति दिने गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस्
    images
    images