images
images
  • एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

    काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

    बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images