images
images
  • नेपालमा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै

    काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्न थालेको छ। शनिबार चार हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ हजार ८० जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यो अवधिमा संक्रमणको कारण एक सय १६ जनाले ज्यान गुमाएका छन्। शनिबार थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ५३ हजार चार सय २२ पुगेको छ। त्यसैगरी चार लाख ३४ हजार ७५० जना निको भएका छन्।

    शनिबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको छ। हाज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ छ।

    त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जनाको उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images