images
images
  • प्रि-ओपनमा नेप्से १‍.४२ अंकले बढ्यो, दुई कम्पनीको बोनस सेयर सूचीकृत

    काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।

    सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो ।

    ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ भने दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

    जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।

    दुवै कम्पनीले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images