पाल्पा- अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिकाले सानै उमेरमा आमा बुवा गुमाएका बालबालिकाहरुको लागि शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर नीतिगतरुपमा सो योजना बनाएको हो ।
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यावस्था बनाइदिए पछि आर्थिक बोझ कम हुने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । अभिभावक नभएका बालबालिकाले आफन्ताहरुको भर परेर बस्नुपर्ने बाध्यता रहेको हुन्छ । उनीहरुले शिक्षाबाट वञ्चित भएका हुन्छ साथै, सानै उमेरमा मजदुरी गर्नको लागि विभिन्न क्षेत्रमा संलग्न रहेका हुन्छन् ।यस्तै समस्याहरु न्यूनिकरण गर्नको लागि उक्त गाउँपालिकाले आर्थिक अभाव र अभिभावक नभएका बालबालिकाहरुलाई कक्षा १२ सम्मको लागि निःशुल्क शिक्षाको नीति बनाएको हो ।
पालिकाले बालबालिकाहरुको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । साथै, उक्त योजना सञ्चालनमा ल्याउँनको लागि बजेट छुट्टाइएको अध्यक्ष कार्कीले बताए ।


विश्व खबर 


















