images
images
  • अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ आज बाँडफाँट

    काठमाडौं- अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, बिहीबार आज आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

    जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

    उक्त आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ ।

    कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस्तै सोलुखुम्बु मा नै २.८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images