काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज तोलामा २०० रुपैयाँले सस्तिँदै ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















