images
images
  • विश्वको सबैभन्दा पातलो घडी सार्वजनिक, मूल्य २३ करोड

    काठमाडौं- घडी निर्माता कम्पनी रिचर्ड मिल र फरारी मिलेर विश्वकै पातलो घडी सार्वजनिक गरेका छन् । २४ करोड मूल्य राखिएको यो हाते घडीको मोटाई १.७५ मिलिमिटर मात्रै छ । यो विश्वकै पातलो घडी भएको दाबी गरिएको छ । यो घडीले विश्व रेकर्ड कायम गरेको १.८० मिलिमिटरको बेल्गारी घडीलाई संसारको सबैभन्दा पातलो घडीको रुपमा पछाडि पारेको छ ।

    ब्याट्रीको लागि कुनै ठाउँ नभएकाले प्रयोगकर्ताले प्रत्येक ४५ घण्टामा घडीलाई म्यानुअल रूपमा घुमाउनुपर्ने हुन्छ । घडी निर्माता कम्पनी रिचर्ड मिलले यो घडी जम्मा १५० वटा मात्र उत्पादन गर्ने जनाएको छ । कम्पनीले घडीको मूल्य १८ लाख ८८ हजार डलर (२३ करोड ९० लाख रुपैयाँ) तोकेको छ ।

    रिचर्ड मिलको वेबसाइटमा दिइएको जानकारी अनुसार यो घडी निर्माणको लागि ६ हजार घण्टा समय लागेको छ । अहिलेका घडीमा रहने स्मार्ट फिचरहरु यो घडीमा रहने छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images