images
images
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बढ्यो

    काठमाडौं- चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरू ५.७ प्रतिशतले निक्षेप बढेको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो ।

    वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.३ प्रतिशतले बढेको छ । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको थियो ।

    कर्जा प्रवाह १३.५ प्रतिशतले बढ्यो
    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ ।

    २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

    आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२.६ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६.८ प्रतिशतले र हायर पर्चेज कर्जा २.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ५३.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७.६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images