images
images
  • प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

    काठमाडौं- प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।

    बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो ।

    बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images