images
images
  • पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न– जग्गा बेचेर विदेश पढ्न जानेले देशको समृद्धिमा के योगदान गरे ?

    काठमाडौं- एमाले सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्च शिक्षाका लागि विदेश जाने युवाहरुले मोटो रकम विदेश लगेको बताएका छन् ।

    ‘हुनेखाने र जग्गा बिक्री गरेर विदेश पढ्न जानेहरुबाट १० महिनामा ५१ अर्ब रुपैयाँ बाहिरिएको छ’ अर्थसमितिको बैठकमा पाण्डेले भने, ‘उच्च शिक्षाका लागि विदेश जाने नीतिमा कडाई गर्नुपर्छ, यो विषयमा बोल्नुपर्ने बेला आएको छ, जग्गा बिक्री गरेर विदेश पढ्न जाने अवस्था आउन दिनु हुन्न ।’

    उच्च शिक्षाका लागि भन्दै जग्गा बिक्री गरेर हुन्डीमार्फत पैसा विदेश पुर्याउनेले रेमिट्यान्समा कति सहयोग गरिरहेका छन् ? विदेशमा उच्च शिक्षा पढेर देशलाई के योगदान गरेका छन् ? देशको समृद्धिमा के सहयोग पुग्यो ? अहिले पनि खाडी मुलुकमा जाने गरिव बर्गका कामदारहरुले पठाउने रेमिट्यान्सकै कारण देश चलिरहेको छ ।

    पूर्व अर्थमन्त्री पाण्डेले स्वदेश फर्किने शर्तमा मात्रै नेपालबाट पैसा बोकेर बिदेश पढ्न जाने सुविधा दिनुपर्ने व्यवस्था गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images