images
images
  • ठमेल पर्यटन बिकास परिषदमा ध्रुव अधिकारी समुहको उम्मेदवारी घोषणा

    काठमाडौँ- कोरोना कहर रोकिएसँगै बिस्तारै देशमा पर्यटकीय गतिविधिहरू बढ्न थालेका छन् । बर्षौ देखि रोकिएका पर्यटकीय सङ्गठनहरूको निर्वाचन पनि यही समयलाई मौकामा रूपान्तरण गर्न लागिपरेका छन् । यस्तै पछिल्लो समय चर्चामा भने ठमेल पर्यटन बिकास परिषद्को निर्वाचन छ । आगामी असार ३२ गते हुनगैरहेको निर्वाचनमा ध्रुव अधिकारी समूहले उम्मेद्वारी घोषणा गरेको छ ।

    ‘अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता ’को नारासहित ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचन–२०७९ को लागि ध्रुव अधिकारी समावेशी समूहले आज होटेल यात्रीमा औपचारिक कार्यक्रम गरेर आफ्नो उम्मेद्वारी घोषणा गरेको हो ।

    अध्यक्षमा ध्रुव अधिकारी, उपाध्यक्षमा राजु मान डङ्गोल र महासचिवमा राजीव पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन।

    बाँकी पदमा चाँडै उम्मेद्वार तय गरी घोषणा गरिने अध्यक्ष पदका उम्मेद्वार ध्रुव अधिकारीले जानकारी दिए ।

    IMG 20220706 201909

    कार्यक्रममा आफ्नो मन्तव्य दिँदै ठमेल भन्ने बित्तिकै जुन गलत खाले म्यासेज बाहिर आएको छ त्यो भ्रमलाई गलत साबित गर्न ठमेल लाई व्यवस्थित गर्न कदम चाल्ने अधिकारीले बताए ।  आफू नेतृत्वमा आएपछि ठमेलले बर्षौ  देखि मुख्य समस्याको रूपमा झेल्दै आएको पार्किङको समस्या, सडक अतिक्रमण, अव्यवस्थित ढलको समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाएर  काम गर्ने समेत उनले जानकारी गराए ।

    IMG 20220706 201834

    त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार राजु मान डङ्गोलले ठमेलको उज्ज्वल भविष्यका लागि रातदिन नभनी काम गर्ने बताए। लामो समयदेखि ठमेलको नजिक रहेर काम गरेको र यहाँका समस्याबाट परिचित भएकोले व्यवसायीको हकहितको लागि काम गर्न सक्ने क्षमता आफूमा रहेको समेत उनले बताए।

    IMG 20220706 201803

    कार्यक्रममा बोल्दै महासचिव पदका उम्मेदवार राजीव पाण्डेले आफ्ना एजेन्डा नै व्यवसायी र घरबेटीका समस्या रहेको र त्यसलाई समाधान गर्नु रहेको बताए। उनले भने ” मेरा एजेन्डा नै व्यवसायीका समस्या हुन , घरबेटीका समस्या हुन र समग्र ठमेलका समस्या हुन । तिनलाई निराकरण गरेर ठमेललाई व्यवस्थित गर्न म सधैँ तत्पर छु।”

    20220706062059 IMG 5596

    त्यसै गरी काठमाडौँ वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ठमेल आफैमा एक चर्चित गन्तव्य भएकाले पर्यटकहरू आकर्षित  गर्न व्यवस्थित र सुरक्षित ठमेलको आवश्यक परेकाले यसलाई सहजीकरण गर्न आफू सदैव तयार रहेको बताए ।

    कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष डा.राम शरण थपलिया , समीर गुरुङ ,वडाध्यक्ष,  व्यवसायी , घरबेटी , पत्रकार , लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images