काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३४.७१ अंकले घटेर एक हजार ९ सय ९२ दशमलब ६१ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब १६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार मध्ये तीन कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । ग्लोबल आईएमई समुन्नत स्किम १, नबिल इन्क्युटी फण्ड र केबीएल डिभेञ्चरको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । यसको शेयरमूल्य आज २ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ५ करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















