images
images
  • प्रि–ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

    काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

    शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ । कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन ।  नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images