काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै सुनको मूल्य तोलामा १ हजार ४०० रुपैँयाले घटेको जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैँया छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैँया कायम रहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैँया थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैँया थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















