images
images
  • हिमालयन र सिभिल बैंकबीच मर्जको सम्झौता शुक्रबार हुने

    काठमाडौं- हिमालयन र सिभिल बैंकबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग हिमालयन बैंकको मर्जर टुटेपछि हिमालयन बैंकलाई अर्को वित्तीय संस्थासँग मर्ज गर्ने बाध्यता रहेको थियो ।

    सिभिल बैंकसँग मर्जको प्रारम्भिक सम्झौता यहि शुक्रबार हुनसक्ने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्मेर राणाले जानकारी दिए ।

    सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति शेयर ८१ रुपैयाँका दर पाउने भएको बताइएको छ । इन्भेष्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ। राष्ट्र बैंकले हिमालयनलाई एक बर्षको समय दिँदै अर्को बाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो।

    मर्जरका लागि भएको प्रारम्भिक सहमति अनुसार, नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images