images
images
  • हिमालयन र सिभिल बैंकबीच मर्जर, आज सम्झौतामा हस्ताक्षर हुँदै

    काठमाडौं- हिमालयन र सिभिल बैंकबीच मर्ज हुने भएको छ । दुबै बैंकको मर्जर कमिटीबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो । मर्जर सम्बन्धी समझदारी पत्र एमओयुमा बुधबार(आज) हस्ताक्षर गर्ने तयारी छ ।

    हिमालयन बैंकले करिब ४ महिनादेखि सिभिलसंग मर्जरको नेगोशिएसन गरिरहेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकसग डिमर्जर गरेपछि सिभिलसग नेगोशिएसन शुरु गरेको हो । करिब २ बर्ष अघि हिमालयनले इन्भेस्टमेन्ट भन्दा पहिले सिभिल बैंकसग मर्जरको छलफल गरेको थियो ।

    उक्त समयमा सिभिलले ६५ प्रतिशत स्वाप रेसियो डिमाण्ड गरेपछि हिमालयनले मर्जरको नेगोशिएसन तोडेको थियो । तर, मर्जरको प्रक्रिया रद्द गर्दा राष्ट्र बैंकको कार्वाहीमा परेको हिमालयनसग डिमाण्ड उच्च बनाउँदै सिभिलले ९० प्रतिशत स्वाप रेसियो माग्दै नेगोशिएसन गरिएको थियो ।

    हिमालयनले ७५ प्रतिशत प्रस्ताव गर्दा पनि सिभिलले कम्तीमा ८५ प्रतिशत भन्दै अडान लिए पछि ८१ प्रतिशतमा कुरा मिलेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images