images
images
  • यती एअरले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ सुरु गर्दै

    काठमाडौँ- यती एयरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।

    नेपालमै पहिलो आन्तरिक उडानमा यात्रुहरुलाई पहिलो पटक यतीले यस्तो सेवा सुरु गर्न लागेको हो ।

    आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

    प्रवक्ता बर्तौलाले भने, ‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ । इन्फ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–सङ्गीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ । हामी विश्वस्त छौँ, यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ ।’

    यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।

    यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि यति एयरलाइन्सको सम्पूर्ण वायुयानहरुमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images