images
images
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,,पेट्रोल प्रतिलिटर २ रुपैयाँले वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

    नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images