images
images
  • १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र

    काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिल निष्काशन गर्न लागेको बैंकले सोमबार दिउँसो ३ बजे बिलको बोलकबोल हुने जनाएको छ ।

    ट्रेजरी बिलको निष्काशन भोलि मंगलबार (असार २१ गते) हुने भएको छ । कुल १८ अर्ब एक करोड रुपैयाँ मध्ये ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार कुल रकम मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बाँडफाँड गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images