images
images
  • भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

    काठमाडौं- नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ ।

    खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने भएको हो । एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

    उनका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम आर्थिक संकलन गर्न लागेको हो । नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुर झापा जिल्ला अदालतले दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

    ९ असारमा सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारण अनुसार दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । मलुकुी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि एनएफपिजेले रकम संकलन सुरु गर्न लागेको हो ।

    अध्यक्ष वन्तले अनुसार दुर्लभ हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवानावापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागेको बताए ।

    291647022 5297667470270307 3897882449564195952 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images