images
images
  • ग्लोबल बैंकको ७७ वटै जिल्लामा शाखा, बन्यो निजी क्षेत्रको पहिलो बैंक

    काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालको ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । ग्लोबल बैंक ७७ वटा जिल्लामै शाखा खोल्ने नेपालको निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

    हालै कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

    डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

    बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

    यस्तै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images