images
images
  • दैनिक बढ्दै डलर, यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो । बिहीबार त्यो रकम बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    nepal uk 4

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images