images
images
  • ‘आईएमई पे’बाट नेपाल लाइफको बिमा किस्ता भुक्तान गर्दा क्यासब्याक अफर

    काठमाडौं- ‘आईएमई पे’मार्फत नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी)को बिमा किस्ता तिर्ने सेवाग्राहीहरूका लागि रोचक अफर ल्याइएको छ ।

    आईएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ !’ अफरअन्तर्गत एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको शून्य दशमलव ५ प्रतिशत (अधिकतमरु. २,५०० सम्म) क्यासब्याक पाउनेछन् ।

    साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको आईएमई पेले जनाएको छ ।

    केवाईसी रुजु भएको प्रयोगकर्ताहरूले बिमा किस्ताको भुक्तानी नियमित मितिभित्र वा नियमित मितिपछिको ७ दिन भित्र ‘आईएमई पे’ एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरू उपहार जित्ने मौका पाउने आईएमई पेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images